नेकपा (एस) राक्सिराङको प्रथम अधिवेशनबाट अध्यक्षमा सागर प्रजा चयन

राक्सिराङ–जेठ १९ गते । नेकपा एकीकृत समाजवादी नेकपा (एस) राक्सिराङ गाउँ कमिटीको प्रथम अधिवेशन शुक्रबार भएको छ ।

अधिवेशनबाट सर्वसम्मत सागर प्रजालाई गाउँ कमिटीको अध्यक्षमा निर्वाचित गरिएको छ । प्रजाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कमिटी निर्माण गरिएको छ ।

नेकपा (एस) स्थाई कमिटी सदस्य ललित बस्नेतको अध्यक्षतामा भएको अधिवेशनमा गाउँ कमिटीका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षतामा अधिवेशन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सुनिता प्रजा र सचिवमा अशोक प्रजा चुनिनु भएको छ ।

उपाध्यक्ष २ र सचिव २ मा भने कमिटीको पहिलो बैठकबाट चुनिने नव निर्वाचित अध्यक्ष प्रजाले बताउनुभयो ।

अधिवेशनमा विशेष अतिथिमा प्रदेश सदस्य माधव पौडेल, केन्द्रीय सदस्य संविधान सभा सांसद राजाराम स्याङ्तान, गोबिन्दराम चेपाङ, पार्टीको गाउँ कमिटी इन्चार्ज कृष्ण बहादुर चेपाङ लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here