चन्द्रमाया जोशीको सम्झनामा मनहरीको ज्यामिरेमा निकालियो गाइजात्रा


मनहरी–भदौ १४ गते । मनहरी गाउँपालिका ९ ज्यामिरेमा गोपाली नेवा एकता समाजले जनैपूर्णिमाको दिन गाइजात्रा निकालेको छ ।

यस बर्ष दिवंगत हुनु भएकी चन्द्रमाया जोशीको सम्झनामा गाइजात्रा निकालिएको हो ।

हरेक पटक गाइजात्रा मनहरी बजारसम्म प्रस्तुत गर्ने गरिएकामा यसबर्ष जंगलेश्वर महादेव मन्दिर परिसरमा पुगेर विधि पूरा गरिएको गोपाली नेवा एकता समाजका कमल गोपालीले बताउनुभयो ।

गाइजात्रामा स्थानीय नेवार समुदायले धिमेबाजा, व्यंग्यात्मक पोशाकयुक्त प्रस्तुतिहरुसहितको व्यवस्थापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here